रेशमखेती को महत्व

महत्व
रेशम उच्चमुल्यको कृषि उपज हो । रेशम किरापालन छोटो अवधीमा नै आर्थिक आर्जन गर्न सकिने कृषिमा आधारित ग्रामिण उद्योग व्यवसाय हो । शहर र धनीको पैसागाउँ र गरीवमा पठाउन सकिने उपयुक्त व्यवसाय हो । यसको महत्व निम्न अनुसार छन् :–
  • छोटो अवधीमा नै आम्दानी गर्न सकिने 
  • समय र ठाउँको सदुपयोग गर्न सकिने
  • कम लगानीबाट पनिव्यवसाय संचालन गर्न सकिने
  • सहायक पेशाको रुपमा रेशमकीरापालन गर्न सकिने
  • व्यावसायिक रुपमा अवलम्वन गरेर औद्योगिक बिकास गर्न सकिने
  • मुल्य श्रृङ्खला जोडिएको बाली
  • बजारमा रेशमको माग अनुसार उत्पादन गरेर आयात प्रतिस्थापन र निर्यात पर्वद्वन गर्न सकिने ।